पार्टी खोल्ने तयारी गरिरहेका प्रसाईले बोलाए राष्ट्रिय भेला,भोलिबाट सुरु हुने



काठमाडौँ,१९ भदौ ।केही दिन अघिमात्रै आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा गरेका ‘राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् । 

भदौ २० र २१ गते भक्तपुरमा बोलाईएको सो भेलामा स्थापनाकालदेखि वर्तमानसम्म अभियानको विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरू सहभागी हुने संयोजक प्रसाईं जानकारी दिए ।

प्रसाईले भेलामा  संस्थापक सदस्यहरू, वडा अध्यक्षहरू, पालिका अध्यक्षहरू, जिल्ला अध्यक्ष तथा सचिवहरू, अञ्चल अध्यक्ष तथा सचिवहरू, विभागीय समितिका प्रमुखहरू, केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू तथा सल्लाहकार समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सामाजिक सञ्जालमार्फत आव्हान गरेका छन् ।

राजसंस्था पुनस्थापना संयुक्त जन आन्दोलन समितिको संयोजनमा चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका कमान्डर समेत रहेका प्रसाईं हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनी केही अघिमात्र रिहा भएका थिए । रिहापछि उनले आफ्नै नेतृत्वमा दल खोल्ने घोषणा गरेका थिए ।

रिहा भएपछि उनले आफू राजबादी नभई राष्ट्रबादी भएको बताउंदै मुलुकबाट गणतन्त्र फालेरै छोड्ने अठोट व्यक्त गरेका छन् । गणतन्त्र नफालेसम्म मुलुकले समृद्धि,बिकास र स्थायित्व प्राप्त नगर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्