फरक मत पार्टीको आन्तरिक लोकतन्त्रका लागि महत्त्वपूर्ण : एमाले उपाध्यक्ष पाण्डे
काठमाडौं,१६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान निर्माणका क्रममा धेरै विषयहरूमा छलफल भए पनि राजनीतिक दललाई लोकतान्त्रीकरणको विषय छुट्दा अहिले नकारात्मक परिणाम देखिईरहेको बताएका छन्।

‘सेन्टर फर पोलेसी रिसर्च’ले सोमबार आयोजना गरेको’नेकपा (एमाले)को लोकतान्त्रीकरण विषयक’अन्तरसंवादमा पाण्डेले सो कुरा बताएका हुन् । संघीयता, शासकीय प्रणाली,न्यायपालिकाको स्वायत्ततासहितका थुप्रै राम्रा विषय संबिधानमा समेटिएको बताउंदै उनले भने,- ‘तर,हामीले त्यसमा दलहरूको लोकतान्त्रीकरणको विषय छुटाएछौँ र अहिले त्यसका परिणामहरू भोगिरहेका छौँ।’
एमालेमा आन्तरिक लोकतन्त्र कमजोर अवस्थामा रहेको उनको भनाई छ । नेतृत्वको निरन्तरता, पार्टीभित्र व्यक्तिको नियन्त्रण र नेतृत्वको अलोकतान्त्रीकरण एमालेमा मात्र नभएर सबै दलको साझा मुद्दा भएको उनको भनाइ थियो ।
पार्टीको आन्तरिक लोकतन्त्रको विषय नेकपा (एमाले)को आन्तरिक विषय त हुँदै हो । सँगै यो विषय नेपालको राजनीतिक दलको लोकतान्त्रीकरणको साझा विषय पनि हो,” पाण्डेले भने, “हामीले संविधानमा दुई पटकभन्दा बढी एउटै व्यक्ति नेतृत्वमा बस्न नपाउने भनेर संविधानमा लेखिदिएको भए अहिले बहस अर्कै विषयमा भइरहेको हुने थियो ।”उनले संविधान संशोधनको बहस जारी रहेकाले अब दलहरूको लोकतान्त्रीकरणको विषयलाई बल पुर्याउनुपर्ने बताए ।
पाण्डेले कुनै समयको अल्पमत अर्को समयमा मूल मत हुने गरेका उदाहरण दिँदै फरक मत पार्टीको आन्तरिक लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने बताए । file foto

