यो बर्ष पनि दशैंमा नयाँ नोट नपाईने, सुकिला नोटको सटही भदौ २९ बाट सुरु हुने



काठमाडौं,१५ भदौ । यो बर्षको दशैंमा पनि सर्बसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नयाँ नोट नभए पनि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने जनाएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचनामा सर्बसाधारणले
असोज १० गतेसम्म दसैंमा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।

गत बर्ष पनि दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट निस्कासन नगरी पुरानै नोट सटही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्