खुम्बु पासाङल्हामू गाउँपालिकाका निर्माण ब्यबसायी संगठित,अध्यक्षमा सुन्दर तामाङ



सोलुखुम्बु , ८ भदौ ।जिल्लाको खुम्बु पासाङ ल्हामू गाउँपालिका भित्रका निर्माण ब्यबसायीहरु संगठित भएका छन् ।

आइतबार रिकोट कन्ट्रक्सनका प्रबन्ध निर्देशक सुन्दर तामाङको अध्यक्षतामा खुम्बु पासाङल्हामू गाउँपालिका निर्माण ब्यबसायी संघ गठन गरी उनीहरू संगठित भएका हुन्।

पालिका भित्रका ब्यबसायीहरुको भेलाद्वारा गठित सो संघको बरिस्ठ उपाध्यक्षमा खुम्बिला कन्ट्रक्सनका छिरिङ शेर्पा,उपाध्यक्षमा पीएनए कन्ट्रक्सनका दिपक भुजेल,कोषाध्यक्षमा सामुयल कन्ट्रक्सनका टंक कालिकोटे र सचिबमा दुधकोशी रिभर कन्ट्रक्सनका अमृत मगर र सह-सचिव एनके निर्माण सेवाका दावा छिरीङ शेर्पा रहेका छन् ।

यसैगरी सदस्यहरुमा माउन्टेन गोपी कन्ट्रक्सनका नाङ दोर्जी शेर्पा,रेडपाण्डा कन्ट्रक्सनका पासाङ दावा शेर्पा, फायर ड्रागन कन्ट्रक्सनका राजु पूरी, एसएन निर्माण सेवाका लाक्या तामाङ,जिपी कन्ट्रक्सनका ज्ञानेन्द्र कुमार तामाङ,बत्तु लेडर कन्ट्रक्सनका आङ छुटीन तामाङ, बिशाल कन्ट्रक्सनका दिनेश मगर, जित बहादुर राई, दावा ग्याल्जेन शेर्पा, करेलुङ कन्ट्रक्सनका जाङबु शेर्पा र सोलावन कन्ट्रक्सनका मागेश्वर राई रहेको नव गठित समितिका अध्यक्ष तामाङले जानकारी दिए।

उनका अनुसार ,सोनाम दोर्जि शेर्पा र ल्हाक्पा छिरी शेर्पालाई संघको सल्लाहकार चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्