शेर्पा विद्यार्थी संघ सिन्धुपाल्चोकले दोस्रो शेर्पा फुटसल प्रतियोगिता आयोजना गर्ने



दावा जाङ्बु शेर्पा काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला कमीटीको आयोजनामा शेर्पा फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

शेर्पा युवा तथा विद्यार्थीहरूलाई एकतावद्ध गराउँदै खेलकुद क्षेत्रबाट शेर्पा विद्यार्थीहरूलाई राज्य सामु प्रदर्शन गराउँने मुख्य उद्देश्यका साथ
भदौ १५ गते चुच्चेपार्टी भाटभटेनीको टप फ्लोरमा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।

एकता ऊर्जा र उत्साहको सन्देश सहित नेपाल भरिका शेर्पा विद्यार्थी एउटै मैदानमा” भन्ने मुल नाराका साथ शेर्पा फुटसल टुर्नामेन्ट–२०८२ को आयोजन गर्न लागिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्