नेपाली भूमिमाथि चीन र भारतले गरेको सहमतिप्रति रावलको आपत्ति



काठमाडौ,५ भदौ । पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावलले नेपाली भूमिमाथि चीन र भारतले गरेको सहमतिप्रति आपत्ति जनाएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालकाे अभिन्न अङ्ग भएकाे उल्लेख गर्दै रावलले नेपाली भूमिलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने कुरा नेपालको हित, स्वाधिनताको पक्षमा नभएको बताएका हुन् । साथै, उनले नेपालकाे अखण्डताकाे रक्षामा लाग्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

उनले विगतका दिनमा समेत उक्त भूमिबारे बहस नभएकाे भन्दै नेपालका राष्ट्र प्रमुखहरूले मित्र राष्ट्रहरूसँग राष्ट्रिय हितकाे प्रवर्द्धन गर्दै बाह्य सम्बन्धलाई पारस्परिक समानता, सम्मान र हितकाे धारमा अगाडि बढाउने माध्यम बनाउनुकाे सट्टा सत्ता स्वार्थमा लाग्ने प्रवृत्तिले आजकाे समस्या देखिएकाे टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्