भोलि भर्चुअल माध्यमबाट बस्दै सोलु एमाले जिल्ला कमिटीको बैठक
सोलुखुम्बु,४ भदौ । नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीको बैठक बोलाईएको छ । बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरि आठौँ विस्तारित बैठक बोलाइएको नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए ।

विधान संशोधन प्रस्ताव प्रस्तुत र सोमाथि सुझाव सङ्कलन गर्ने
भर्चुअल बैठकको कार्यसूची रहेको बताईएको छ ।
यस्तै बैठकमा केन्द्रीय कमिटी र कोशी प्रदेश कमिटीको अन्तर कमिटी निर्देशनको विषयमा समेत छलफल गरिने अध्यक्ष बास्तोलाले बताए ।

