माउण्ट किलिमन्जरोमा शेर्पा सञ्चार समूहको लोगो



काठमाडौं,४ भदौ । शेर्पा संचार समूह नेपालको लोगो दक्षिण अफ्रिका नजिकै रहेको माउन्ट किलिमन्जरोमा फहराइएको छ ।

शेर्पा संचार समूह केन्द्रीय सदस्य पेमा हिसी शेर्पाले तान्जिनियामा रहेको अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउण्ड किलिमन्जरोमा फहराएका हुन् । ५८९५ मिटर अग्लो सो हिमाल शेर्पाले १८ अगष्टमा सफल आरोहण गरेको समूहका कार्यवाहक अध्यक्ष डोल्मा शेर्पाले जानकारी दिइन् ।

शेर्पाको यो सफलताले आफ्नो संस्थामात्र नभई नेपाली समुदायलाई नै गौरवान्वित बनाएको बताउँदै कार्यवाहक अध्यक्ष शेर्पाले आरोही पेमालाई बधाई तथा शुभकामना दिएकी छन् ।

आरोही शेर्पाले यसअघि आमादब्लम,मेरा पिक,आइसल्याण्ड पिक र लबुचे पिक लगायत दर्जनौं हिमाल आरोहण गरेको उनले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्