काठमाडौं रेडक्रसको सभापतिमा डोटेल पुनः सर्बसम्मत



काठमाडौँ,४ भदौ । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा कार्यसमितिको सभापतिमा सर्बसम्मत रूपमा श्यामकाजी डोटेल निर्वाचित भएका छन्।

हालै सम्पन्न शाखाको ४५ औं अधिवेशनले डोटेललाई दोश्रो कार्यकालका लागि सभापति चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो। शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्