सोलुखुम्बुमा तरुण दलको अधिबेशन प्रक्रिया तत्काल सुरु गर्न निर्देशक समितिको निर्देशन
काठमाडौं,३ भदौ ।नेपाल तरुण दलको महाधिवेशन निर्देशक समितिले सोलुखुम्बु जिल्लाको अधिबेशन प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएको छ ।

महाधिवेशनको मिति तय भएसंगै अन्य जिल्लामा अधिबेशनको प्रक्रिया अघि बढे पनि प्रक्रिया अघि नबढेका जिल्लाका नेताहरुलाई बोलाएर निर्देशक समितिले सोलुखुम्बु तरुण दलका नेताहरुलाई बोलाएर सो निर्देशन दिएको केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा निर्देशक समिति संयोजक कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सदस्यहरु सरिता प्रसाईं र जितजङ बस्नेत तथा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङको उपस्थिति रहेको उनले बताए ।
तरुण दलको केन्द्रीय समितिमा सोलुखुम्बुबाट थापा सहित अशोक झा ,अश्विन थापा र पोसकुमार बास्तोला (पुष्कर) केन्द्रीय सदस्य छन् । झा जिल्ला अध्यक्ष पनि हुन् ।
तरुण दलले आगामी मंसिर २६,२७ र २८ गते पाँचौ महाधिवेशन सम्पन्न गर्न भाद्र १५ गते भित्र दलको सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने,भाद्र मसान्त भित्र दलको केन्द्रीय कार्यालयवाट पुर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने ,कार्तिक २० गते भित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने,कार्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने र मङसिर १० गते भित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्य तालिका तय गरेको छ।

