धीरज र तुलसाको स्वरमा ‘नारीको वेदना’ तीज सार्बजनिक



काठमाडौं,२ भाद्र । बिगतको तुलनामा यो वर्ष तीज गीत अलि बढी नै बजारमा आएको अनुमान गरिएको छ । यसै सिलसिलामा धीरज खत्री र तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

शब्द पार्वती खत्री रोक्का, संगीत ममता खत्री बस्नेत, एरेन्ज सन्तोष प्रगाढको रहेको गीतको भिडियोमा सञ्चिता शाही, राजन थापा मगर, कविता देवी राई, ईन्द्र बस्याल, समिता राउत, मनोज राई, तारा खड्का बस्याल, अनिता खड्का आदिको अभिनय छ भने मेकअप राकेश रणपाल, छायांकन केशव अधिकारी, सम्पादन प्रेम शर्मा पौडेल, निर्देशन सुमन कुमार श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्