उदयपुरको बेलकाबाट करिब २ सय ४० किलो गाँजा बरामद
उदयपुर,२ भदौ । बेलका नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको बा.२१ च १८११ नम्बरको कार तलासी गर्दा ९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

