१९ वर्ष पुरानो गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्बोच्चको परमादेश
EN
यहाँ टाईप गर्नुहोस् …

पहिरोसडक अवरुद्धस्वास्थ्यभारत भ्रमणविक्रम मिस्रीराजनीतिकेपी शर्मा ओलीअपराधडोनाल्ड ट्रम्पभ्लादिमिर पुटिन
logo
यहाँ टाईप गर्नुहोस् …
समाचार
एक्सक्लुसिभ
प्रदेश
अर्थतन्त्र
विचार
स्वास्थ्य
मनोरञ्जन
खेलकुद
शिक्षा
स्पेसल
अन्य
ग्लोबल
ताजालोकप्रिय
पार्टीकै मन्त्रीको प्रस्तावमा विद्या भट्टराईको प्रश्न– कुन सैद्धान्तिक र कानुनी आधारमा ल्यायौँ
गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश
क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल
नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक
वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त
मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट
गाजा युद्धका कारण इजरायलमा बढ्दो निराशा, राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट
गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२४ घन्टाका ताजा अपडेट
अदालत
गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश
रातोपाटी संवाददातारातोपाटी संवाददाता
सोमबार, ०२ भदौ २०८२, १६ : ४५
1K
Shares
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश
संग्रह
ai logo सारांश
सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाही गर्न परमादेश जारी गरेको छ।
२०६३ सालमा भएको घटनामा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो, जसमा उपेन्द्र यादवको नाम जोडिएको छ।
पीडितहरूले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै रिट दायर गरेका थिए।
काठमाडौँ,२ भदौ । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले रातोपाटीलाई बताए ।
१९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले रिट दायर गरेका थिए । गौर हत्याकाण्डमा मारिएकाहरूका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलगात फोरमसम्बद्ध नेता, कार्यकर्ताको हात रहेको दाबी गरिँदै आएको छ ।
हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो । मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

