लोखिम सरोकार समाजको पाँचौ बार्षिक साधारण सभा सम्पन्न
दावा जाङ्बु शेर्पा, काठमाडौं,१ भदौ। लोखिम सरोकार समाजको ५ औं बार्षिक साधारण सभा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख अतिथ्तामा नवदुर्गा पार्टी प्यालेस सुकेधारामा सम्पन्न भएको छ।

थुलुङ दूधकोशी-९ लोखिमको स्वास्थ्य,शिक्षा,सामाजिक तथा राजनीतिक रुपमा प्रत्यक्ष-अप्रत्यक्ष सरोकार राख्दै आएको समाजले आगामी दिनहरुमा पनि निरन्तरता दिने बताएको छ।
५ औँ साधारण सभामा संस्थाले नियमित गर्दै आएको सामाजिक कार्यलाई निरन्तर दिने,आपतकालीन कोषको रकमलाई अझ बढाउने, संस्थाले सदस्यहरुको परिवारको सदस्य बिरामी परि खर्च अभाव हुदा संस्थाले दिने,संस्थाको आय व्यायलाई पारदर्शी र चुस्त दुरुस्त राख्ने लोखिम सरोकार समाजका अध्यक्ष गेल्जेन शेर्पा शेर्पाले बताउनुभयो ।
कार्यक्रममा महासचिव कृष्ण बहादुर राईले समाजले हालसम्म गरेको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चर्ण कुमारी राईले समाजको हालसम्मको आय-व्यय प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा सगरमाथा आरोही कुन्जाङ छोपेल शेर्पा विभिन्न समाजसेवी तथा समाजका आजीवन सदस्यहरुलाई सम्मान पत्रमार्फत् सम्मानित गरिएको थियो ।

