नेपाली कांग्रेस सोलुखुम्बु:अन्तरक्रिया कार्यक्रमको सम्पुर्ण तयारी पुरा,कोइराला प्रमुख अतिथि



केदार बस्नेत,काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुले विशेष कार्यक्रम गर्दै छ।कार्यक्रम भोलि ३१ गते शनिबार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी भेन्युमा हुन लागेको हो।

सोलुखुम्बुबाट संघीय राजधानी काठमाडौंमा आई अस्थायी तथा स्थायी रूपमा बसोबास गर्ने विभिन्न पेशा र व्यवसायमा सक्रिय रहेका तथा नेपाली कांग्रेस पार्टीमा आवद्ध नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको उपस्थिति हुने बताइएको छ।

“नेपाली कांग्रेस भित्रको अपरिहार्यता,सहमति,सहकार्य र एकता आजको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम कांग्रेस वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य डा शेखर कोईरालाको प्रमुख आतिथ्यता नेका पुर्व सहमहामन्त्री तथा पुर्व अर्थमन्त्री,एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी,पुर्वमन्त्री एवं केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसी र प्रतिनिधि सभा सदस्य एवं खेलकुद मन्त्री तेजुलाल चौधरीको विशेष उपस्थितिमा कार्यक्रम हुने भएको हो।जिल्लास्थित विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्