बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं,२८ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्