ओप्सना अवार्डको नोमिनेसन सार्वजनिक, बिभिन्न ३९ बिधामा अवार्ड बाँडिने
काठमाडौं,२४ साउन । ओप्सना फिल्मस् प्रा.लि.ले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको नोमिनेसन सार्वजनिक गरेको छ ।

राष्ट्रिय,लोक,देउडा,आधुनिक,पप,चलचित्र,टेलिसियल,भाषा भाषीका गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले बताएका छन् ।
संगीत,कलाकारिता,खेलकूद,पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका अन्य क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ ।
साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीतसंगीत र अन्य क्षेत्रमा योगदान पुराईरहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिने बताइएको छ ।

