याम प्रसाद निउरेको तीज गीत ‘रानीहार’ सार्बजनिक



साउन २०,काठमाडौं । सर्जक याम प्रसाद निउरेको तीज गीत
‘रानीहार’सार्बजनिक भएको छ।

यस अघि सार्बजनिक’चोली फाटेको’ गीतले दर्शकलाई तान्न सफल भएपछि निउरेले रानीहार बजारमा ल्याएका हुन। चोली फाटेकोमा उनी आफैं र गायिका निशा केसीले आवाज दिएका छन् भने अग्रज सर्जक शिव हमालको लय रहेको छ।

रानिहारमा भने अलिकति मायाप्रेम हासो ठट्टालाई उजागर गर्दै निउरेले शब्द लेखेका छ्न् भने चलन चल्तिकै भाका गीतमा प्रयोग गरिएको छ । गीतमा निउरेलाई मौलिक गायिका देबि घर्तीमगरले आवाजमा साथ दिएकी छ्न् ।

प्रबिन थापाको कोरियोग्राफ,निर्देशन,राजेश घिमिरेको छायांकन र सुजन कोइरालाको सम्पादनमा तयार यस गीतको म्युजिक भिडियो मा स्मारिका ढकाल र सुरेस कोहलीको अभिनय तथा नृत्य देख्न पाइन्छ । दुई वटै गीत याम प्रसाद निउरे युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्