कृष्णको मौलिक तीज गीत ‘तर्किएर जानीलाई…’ (भिडियो सहित)
काठमाडौं १८ साउन । साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तीजमय भैसकेको छ । हरेक दिन कैयौं तीज कोशेलीहरु सांगीतिक बजारमा अडियो,भिडियो सहित दर्शक,श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिकालाई भ्याइनभ्याई छ ।

यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तीज कोशेली ‘तर्किएर जानेलाइर्’ सार्वजनिक गरेका छन् । मन्जु बिक,तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यस गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छन् ।
राजेन्द्र नेपाली लट्टे,अस्मि गौतम र अनुभव पौडेल, कृष्ण भट्टराईको अभिनय रहेको गीतको भिडियोलाई गणेश सापकोटाले खिचेका हुन् भने सुवास अंगाइले सम्पादन गरेका छन् । कपिल श्रेष्ठको निर्देशन रहेको भिडियोलाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

