खेल मैदान जग्गा ब्यबस्थापनका लागि कांग्रेस नेता कार्कीको आर्थिक सहयोग
सोलुखुम्बु,१६ साउन । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले निर्माणाधीन खेल मैदानको जग्गा ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका छन्।

समाजसेवी एबम् ब्यबसायी समेत रहेका कार्कीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं-४ फुर्केमा निर्माणाधीन खेल मैदान व्यवस्थापनका लागि ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको उनको सचिवालयले जनाएको छ ।
‘एक वडा,एक खेल मैदान’निर्माण गर्ने पूर्ववर्ती स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको लगानीमा हाल सो खेल मैदान निर्माणाधीन छ। खेल मैदान निर्माणका लागि जग्गा खरिद गर्न कार्कीले आर्थिक सहयोग जग्गा ब्यबस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्।
निर्माणाधीन खेल मैदानले स्थानीय युवाहरूको खेल प्रतिभा अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा आफुले गरेको बताउंदै कार्कीले अनुशासित र सुयोग्य नागरिक निर्माणमा खेल क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। file foto

