थुलुङ दुधकोशी अध्यक्ष राईले भेटे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,के भयो कुराकानी ?
काठमाडौं,९ साउन । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले हालै आएको बाढी पहिरोले पुर्याएको क्षतिबारे अवगत गराउँदै सहयोगका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी सचिवालय सदस्य एबम सोलुखुम्बु जिल्ला सह इन्चार्ज समेत रहेका राईले शुक्रबार खुमलटारस्थित प्रचण्ड निवास भेट गर्दै अध्यक्ष राईले सो ध्यानाकर्षण गराएका हुन।
भेटका अवसरमा गाउँपालिकामा हालैको बाढीपहिरोले पुर्याएको क्षति र त्यसबाट उत्पन्न चुनौतीहरूबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउँदै त्यसको न्यूनीकरणका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले संघीय सरकारको सहयोगका लागि ठोस पहल गरिदिन आग्रह गरेको अध्यक्ष राईले बताए।
‘थुलुङ दुधकोशी गाउँपालिका हाल बाढीपहिरो तथा सडक अवरुद्धजस्ता समस्याबाट प्रभावित हुँदै आएको छ’अध्यक्ष राईले भने- ‘स्थानीय सरकारको प्रयासका बाबजुद संघीय तहबाट ठोस सहयोगको खाँचो देखिएकोले पहलका लागि अध्यक्ष ज्यूको ध्यानाकर्षण गराएको हुँ ।’

