काठमाडौंमा सोलु कांग्रेसको आयोजनामा तत्कालीक कार्यभार बिषयक बिमर्श एबम् सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं,७ साउन । नेपाली कांग्रेसका पूर्बमहामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको बिचार तथा सिद्धान्तलाई जनसमक्ष पुर्‍याउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बुको संगठन बिभागद्वारा बुधबार काठमाडौंमा आयोजना गरेको कांग्रेसका तत्कालीक कार्यभार बिषयक बिमर्श एबम् सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सिटौलाले सो कुरा बताएका हुन्। आन्तरिक रूपमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने र पार्टीको प्रजातान्त्रिक समाजबादको बर्तमान सान्दर्भिकका सन्दर्भमा जनतालाई बुझाउन नसक्दा नेपाली कांग्रेस कमजोर जस्तो बन्न पुगेको उनको भनाई थियो ।

कार्यक्रमलाई नेपाली कांग्रेसका कांग्रेस केन्द्रीय सदस्य एबम् पूर्बराज्यमन्त्री उदय शमशेर राणा,केन्द्रीय सदस्य एबम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा,बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दन राज काफ्ले,नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा,कोशी प्रदेश सभा सदस्य डोल्मा तामाङ लगायतले सम्बोधन गरेको सो कार्यक्रम नेपाली कांग्रेस सोलुखुम्बुका प्रबक्ता एबम् संगठन बिभाग प्रमुख चन्द्र आचार्यको सभापतित्वमा सम्पन्न भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम् तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

थापाका अनुसार कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा जिल्ला भित्रबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्