सोलु कांग्रेसका नेता कार्की सम्मानित



काठमाडौं,५ असार ।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्की सम्मानित भएका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका कार्कीलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पुष्तकालय स्थापना गर्न सहयोग गरे बापत सोमबार आयोजित कार्यक्रममा सभापति शेर बहादुर देउवाले सम्मानित गरेको नेबिसंघका केन्द्रीय सदस्य दिनराज बास्तोलाले जानकारी दिए।

पार्टीको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र बिभागद्वारा आयोजित कार्यक्रममा पुष्तकालय स्थापनार्थ आर्थिक तथा भौतिक सहयोग गर्ने कार्की लगायत अन्य दाताहरुलाई समेत सभापति देउवाले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सभापति देउवा,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा,सहमहामन्त्री भिष्म आङदम्बे र महालक्ष्मी उपाध्यय डिना लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक रहेको बताएका थिए । कांग्रेस सबैभन्दा पुरानो पार्टी भएको र यसको प्रजातान्त्रिक समाजवादको आदर्श रहेको बताउँदै उनले भने-‘कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षात व्यापक बनाउन सकेमा पार्टीलाई बहुमत प्राप्त गर्ने शक्तिका रूपमा अघि बढाउन सकिनेछ।’

प्रतिक्रिया दिनुहोस्