बलात्कार आरोपमा मधेश प्रदेशका पूर्वप्रमुख झा पक्राउ



काठमाडौं,४ असार । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट झालाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको छ । २०८१ चैत २५ मा झाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्