कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित रंगेहात पक्राउ
सिरहा,३२ असार । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह एक लाख घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै मेयर साहलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।
अन्तिम भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

