घट्यो पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य



काठमाडौं,३१ असार। नेपाल आयल निगमले बुधबार (असार ३२)बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले जनाए अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ,डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँले घटाइएको छ।भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्