दुई १७ बर्षीया किशोरी बलात्कृत,दुई जना पक्राउ
काठमाडौँ,२६ असार । रूपन्देही र नवलपरासी पश्चिममा १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोटिहमाई गाउँपालिका-४ तुनहिवा बस्ने २३ वर्षीय रहिस मुसलमानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। रहिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उता,नवलपरासी पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका-११ स्थित काम गरी बस्ने ३५ वर्षीय हरी थारुलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ। हरिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पस्चिम खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

