रसुवा बाढी : ५१ जना पुरुष र ४ जना महिलाको उद्धार,१८ जना अझै बेपत्ता
काठमाडौं,२४ असार । रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो । प्रहरी अनुसार बाढीमा परेर १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको छ ।
आज बिहान सबेरैको बाढीले रसुवामा ठूलो क्षति गरे पनि यकिन विवरण अझै संकलन हुन सकेको छैन । तिब्बतबाट बग्दै आएको बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएको छ । नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको छ ।
बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली घटनास्थल प्रस्थान गर्दैछ

