ईटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउने गोमाको सपना पूरा गर्न भाटभटेनीले सहयोग गर्ने



काठमाडौं,१९ असार । ईट्टा भट्टामा बुवासँगै श्रम गर्दै पनि उत्कृष्ट नतिजा ल्याउन सफल भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा उद्यमी मीनबहादुर गुरुङले सम्मानसहित एक थान ल्यापटप र उच्च शिक्षाको प्रारम्भिक यात्राका लागि नगद १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। छन्।

हालैको एसईई परीक्षामा ४.०० GPA ल्याएर उदाहरणीय सफलता प्राप्त गरेकी उनलाई बिहिवार आफ्नै कार्यकक्षमा बोलाएर गुरुङले सम्मान गरेका हुन्।कार्यक्रममा गुरुङले गोमाको उज्ज्वल भविष्यको शुभकामना दिँदै उनले भविष्यमा डाक्टर बन्ने सपना साकार पार्न आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

“म यो मेहनती छोरीको सपना डाक्टर बन्ने चाहनालाई पूर्ण समर्थन गर्छु। मेरो तर्फबाट यति मात्र होइन, आवश्यक सहयोग भविष्यमा पनि निरन्तर रहनेछ,” गुरुङले भने।

प्रतिक्रिया दिनुहोस्