मुलुक अभिभावकविहीन हुँदा विदेशी हस्तक्षेप तथा चलखेल बढ्यो : थापा
काठमाडौं,१९ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले
मुलुक अभिभावकविहीन हुँदा विदेशी हस्तक्षेप तथा चलखेल बढेको बताएका छन्।

पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा काठमाडौंमा आयोजित बिहिबार आयोजित अन्तरक्रियामा बोल्दै थापाले सो कुरा बताएका हुन्। उनले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको बताउंदै उनले छाडातन्त्र र बिदेशी हस्तक्षेप रोक्नको लागि पनि मुलुकमा अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताए ।
अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो। धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा थापाले चिन्ता प्रकट गरे।
यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको स्पष्टोक्ति थियो। उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो।’

