कबा प्रतिभा चयन,बार्षिकोत्सवका अवसर सम्मानित गरिने
काठमाडौं,६ असार । नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले विगतका वर्ष झैं यो वर्ष पनि वार्षिकोत्सबको अवसरमा सम्मान तथा पुरस्कार अर्पण गर्ने भएको छ ।

पत्रिकाले कबा साहित्यकार उपचार कोषका सस्थापक सदस्य साहित्यकारहरू मदनराज थापा,चन्द्रा न्यौपाने,विष्णु पन्त र मुरलिप्रसाद ढकाललाई कबा विशिष्ट सम्मान,पत्रिकाका आजीवन सदस्यहरु शम्भु चालिसे र रन्जु खनाललाई कबा सम्मान अर्पण गरिने भएको छ ।
यसैगरी साहित्यिक पत्रकार उद्धव अविचललाई महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार,साहित्यकारहरू राजेशमान केसीलाई नालाङ्ग कबा रचना पुरस्कार२०८१(पुरुष),प्रीति कौरलाई पुष्कर प्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार २०८१(महिला), रामकुमार श्रेष्ठ फुच्चेलाई गङ्गा लिगल कबा रचना पुरस्कार २०८१( मोफसल ), पुजा शाहीलाई हेमगङ्गा रचना पुरस्कार २०८१( बाल), सुरेशचन्द्र घिमिरेलाई भमरकोटे कबा सुसेली पुरस्कार २०८१( सुसेली विधा) अर्पण गरिने भएको छ ।
प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र स्तम्भ कवि त्रिलोचन आचार्य ,कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको कबाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले जानकारी दिनुभयो ।
सम्मान तथा पुरस्कार आगामी साउन ५ गते पत्रिकाको तेह्रौं वार्षिकोत्सबको अवसरमा अर्पण गरिने पत्रिकाका सहसम्पादक प्रशुराम अधिकारीले जानकारी गराउनुभएको छ ।

