सत्ताको चावी अब कांग्रेसको हातमा हुनुपर्छ : डा. कोइराला
काठमाडौं,२४ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश जटिल अवस्थामा गएकाले अब सत्ताको चाबी काँग्रेसले लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

शनिवार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस सरकारमा भए पनि सत्ताको चाबी नभएको भन्दै सो कुरा बताएका हुन्। कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जाने बताउंदैं उनले भने,’नेपालमा नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले सत्ताको चावी आफैंसग राख्नुपर्छ।’अहिले सत्ताको चाबी वामपन्थीसँग भएको उनको भनाइ थियो।
उनले भोलिको प्रतिस्पर्धी एमाले भएको र उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सक्नु पर्ने धारणा व्यक्त गरे। गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता हुन नसक्ने नेता कोइरालाको भनाइ छ।
-फाईल तस्बिर

