बर्दिया र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ
काठमाडौं,१९ जेठ । बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता,कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरुवा बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीलेइ जनाएको छ ।

