मोरङको बेलबारीबाट तीनदिन यतादेखि चार बालिका बेपत्ता



मोरङ,१८ जेठ । मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीका चार बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुन्दरहरैंचा नगरपालिका-११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार र बेलबारी-२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

उनीहरू साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख एवं इन्स्पेक्टर कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाको खोजी जारी रहेको जानकारी दिए ।
-सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्