तिङलामा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुँदै,शिलान्यास मंगलबार



सोलुखुम्बु,११ जेठ । सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिका र ‘पाइला पाइलाको आशा’ संस्थाबीचको सहकार्य तथा आर्थिक साझेदारीमा निर्माण गर्न लागिएको सो भवनको शिलान्यास मंगलबार गरिने नगरप्रमुख नाम्गेल जाङ्ब शेर्पाले जानकारी दिनुभयो।

आधारभूत स्वास्थ्य सेवा सहज र प्रभावकारी ढंगले प्रदान गर्ने उद्देश्य सहित करिब एक करोड ७१ लाख १४ हजार ३ सय ३२ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो आधुनिक किसिमको स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा उपस्थित हुन नगरपालिकाले स्थानीय नागरिकहरुलाई आग्रह गरेको छ। कार्यक्रम सफल पार्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको नगरप्रमुख शेर्पाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्