युवा संघको नेतृत्व चयनका लागि भोलि मतदान, थेबे र पुरी मैदानमा
पोखरा,११ जेठ । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षका लागि बर्तमान अध्यक्ष छितिज थेबे र महासचिव सुमन पुरीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सर्बसम्मत नेतृत्व चयनको सम्भावना सकिएपछि सोमबार हुने निर्बाचनका लागि अध्यक्षका दावेदार दुबै जनाले निर्बाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै युवासंघको उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले सुमनको समूहबाट मनोनयन दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीका अनुसार सोमबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ ।

