अबैध रूपमा नेपाल ल्याउँदै गरेको २ केजी ९९७ ग्राम चाँदी बरामद
बिराटनगर,५ जेठ। मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट करिव २ केजी ९९७ ग्राम चाँदी बरामद भएको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँ भन्दा बढिको चाँदी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले सोमबार बरामद गरेको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोलामा बोकी ल्याउँदै गरेको चाँदी छोडेर फरार भएका थिए । बरामद चाँदी आवश्यक अनुसन्धानको लागि बिराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाईएको छ ।
केही दिन यता मोरङको सीमा क्षेत्रमा चेकजाँचलाई तिब्र बनाइएको थापाले बताए।

