प्रसाईंलाई थप चारदिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं,४ जेठ । मेडिकल ब्यबसायी एबम राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति महा अभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो। आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा २८ जनामाथि अनुसन्धान भइरहेको छ ।

प्रसाईं चैत १५ गते काठमाण्डौंको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए। त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजे पछि फरार रहेका प्रसाईंलाई पक्राउ गरी काठमाण्डु ल्याइ मुद्दा चलाइएको थियो ।

५६ दिन भित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्