सात बर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षीय बृद्ध पक्राउ



दाङ,४ जेठ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक बृद्द पक्राउ परेका छन् ।

जबर्जस्ती करणीको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५ वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो पक्राउ गरेको हो । बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता,२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबलबहादुर थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्