०.५ प्रतिशत प्रोसेसिङ शुल्कमा आरबीबी भेहकल लोन योजना सार्बजनिक



काठमाडौं,३० बैशाख । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि आकर्षक गाडी कर्जा योजना ल्याएको छ। बैंकका ग्राहकहरूले ०.५ प्रतिशत प्रोसेसिङ शुल्कमा आरबीबी भेहकल लोन लिन सक्ने भएका छन्।

बैंकले व्यावसायिक व्यक्तिगत प्रयोगका सवारी साधन खरिद गर्दा न्यून प्रोसेसिङ शुल्कमा गाडी कर्जा उपलब्ध गराउनेछ । ग्राहकलाई थप सुविधा दिने उद्देश्य राखी कर्जा योजनामा सहज प्रक्रिया, न्यून शुल्क र भरपर्दो सेवा व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले यो योजना अन्तर्गत नयाँ सवारी साधन खरीद गर्न चाहने ग्राहकहरूका लागि प्रभावकारी सहुलियत उपलब्ध गराउने छ। इच्छुक ग्राहकहरूलाई नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्