हामीले संयमित हुन आग्रह गर्‍यौं, भारत-पाकिस्तान युद्ध रोकियो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुने टिप्पणी गरेका छन्।

लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा सोमबार मूल समारोह समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको बताए।उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखेका थिए।

बुद्धका उपदेश,शान्तिका उपदेश, मानवताका उपदेश,करुणाका उपदेशलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्नेमा समेत उनको जोड थियो।

यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति पनि दिए।आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको दावी उनको थियो।

हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गौँ । उहाँहरूसित पनि कुरा गौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

प्रतिक्रिया दिनुहोस्