पूर्वराजालाई नजरबन्दमा राखिएको भन्ने प्रचारमा कुनै सत्यता छैन : संबाद सचिव पाठक
काठमाडौँ,२८ बैशाख। पूर्वराजा ज्ञानेन्द्र शाहका संबाद सचिब फणिराज पाठकले पूर्बराजालाई नजरबन्दमा राखिएको भन्दै फैलाईएको अफवाहमा कुनै सत्यता नरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएपछि त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकरी गराउन चाहन्छु ।’

