दीपाश्रीले गरिन् कांडाघारीमा ॐ श्री ज्वेलर्स उद्द्घाटन
काठमाडौ,१८ बैशाख । कलाकार एवं निर्देशक दिपा श्री निरौलाले काठमाडौको काँडाघारीमा ॐ श्री ज्वेलर्स उद्द्घाटन गरेकी छिन।

निरौलाले युवा ब्यवसायी सुरेश नेपालले सनराइज चोक काँडाघारीमा सुरु गरेको ज्वेलर्स ब्यवसायको हालै रिवन काटेर उद्घाटन गरेकी हुन्।राष्ट्रिय तथा अन्तरास्ट्रियस्तरमै आर्थिक अवस्थामा भैरहेको गिरावटका बावजुद पनि स्वदेशमै केही गरौं भन्ने उद्देश्यले हिम्मतका साथ ब्यवसाय शुरु गरेको नेपालले बताए।
ज्वेलर्स ब्यवसायलाई ग्राहकको माग अनुसार देशै भरी शाखा बिस्तार गरिने जानकारी उनले दिए। उद्घाटन कार्यक्रममा ज्वेलर्स लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

