‘हामी नाङ्गो हुन तयार छौं’ भन्दै अर्धनग्न भएर सडकमा निस्किए सहकारी पीडित



काठमाडौं,१५ बैशाख। लामो समय देखी आन्दोलन गरिरहेका सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन्।

एकै खालको कालो कपडा लगाएर अर्धनग्न अवस्थामा उनीहरुले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौं’‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

प्रतिक्रिया दिनुहोस्