सरकारको नीति तथा कार्यक्रम बैशाख १९ गते संघीय संसदमा पेश गरिने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते संघीय संसदमा पेस हुने भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई सरकारले १९ गते नीति तथा कार्यक्रम पेस गर्ने गरी तयारी गरिरहेको जानकारी गराएका हुन् ।

सभामुखले राष्ट्रिय दलका प्रमुख सचेतकसहित कानुन मन्त्रीसमेतलाई बैठकमा डाकेका थिए । उक्त बैठकमा मन्त्री चौरसियाले नीति तथा कार्यक्रम ल्याउने प्रस्तावित मितिबारे जानकारी गराएका हुन् ।
संसद्ले बजेट अधिवेशनको कार्यतालिका सरकारसँगको समन्वयका आधारमा बनाउँछ । file foto

