कस्मीरमा भएको आतंकबादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्युु



काठमाडौं । भारतको कास्मिरस्थित पहलगाम नजिकैको बैसारन उपत्यकामा सोमबार भएको आक्रमणमा एक नेपाली नागरिकको पनि ज्यान गएको पुष्टि भएको छ ।

भारतीय पर्यटकलाई लक्षित गरी भएको उक्त आक्रमणमा २७ जनाको मृत्यु भएको जनाइएको छ, जसमा एक नेपाली र एक यूएई नागरिकसमेत थिए । बाँकी सबै भारतीय नागरिक रहेको टाइम्स अफ इन्डिया ले उल्लेख गरेको छ । नेपाली नागरिकको मृत्यु भएको खबर आए पनि अहिलेसम्म उनको नाम र स्थायी ठेगाना भने सार्वजनिक गरिएको छैन ।

बैसारन उपत्यका, जो पहलगामबाट करिब ५ किलोमिटर टाढा पर्छ, त्यही क्षेत्रमा आक्रमण भएको थियो । जम्मू-कास्मिर प्रहरीका महानिरीक्षक विद्यकुमार बिर्डीका अनुसार, घटनास्थलसम्म प्रहरी पुग्न अझै सकेको छैन । यो आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण छोट्याउँदै मंगलबार राति नै भारत फर्किएको टाइम्स अफ इन्डिया ले जनाएको छ । उनको प्रारम्भिक कार्यक्रम अनुसार बुधबार रातिसम्म साउदीमै रहने योजना थियो ।

प्रतिक्रिया दिनुहोस्