करिब तीन सय २३ किलो गाँजा सहित सुनसरीबाट एक जना पक्राउ



सुनसरी,९ वैशाख। कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्की छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मंगलबार बिहान पक्राउ गरेको हो ।

पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्