नेपाल प्रहरीले गर्‍यो दुर्गा प्रसाईलाई भद्रपुरबाट नियन्त्रणमा लिएको पुष्टी,आजै काठमाडौ ल्याँइदै



काठमाडौ,२९, चैत। भारतको असामस्थित गुहाटी प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदैछ।

यही चैत १५ गते राजावादीले गरेको प्रदर्शनका कमाण्डर प्रसाईंले भारतीय प्रहरीलाई गगलिया नाकामा नेपाली प्रहरीलाई बुझाएपछि आजै काठमाडौं ल्याउने तयारी गरिएको हो। प्रसाईसहित उनका अंगरक्षक दीपक खड्कालाई भद्र्पुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले बल्ल पुष्टि गरेको छ ।

प्रसाईंलाई काठमाण्डौ ल्याएर सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

१५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुगेको थियो । घटनामा दुई जनाको ज्यान जानुका साथै १ सय २९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्