नेकपा माओवादी केन्द्र नेचासल्यान-५ को दोश्रो सम्मेलन सम्पन्न,११ सदस्यीय समिति गठन
डिल्ली शर्मा,सोलुखुम्बु, २४ चैत ।नेकपा ( माओवादी केन्द्र) नेचासल्यान-५ नं वडा समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ।

जेष्ठ सदस्य इन्द्रबहादुर राईको अध्यक्षतामा आइतबार सम्पन्न सम्मेलनले सन्तोष राईको अध्यक्षतामा ११ सदस्यीय ५ नं. वडा समिति सर्बसम्मत चयन गरेको नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र बहादुर राउतले जानकारी दिए ।
अध्यक्ष सन्तोष राई
समितिको उपाध्यक्षमा कमल राई,सचिवमा संयोक राई (गोपाल),सह-सचिवमा नरेश राई,कोषाध्यक्षमा अनिता राई,सदस्यहरुमा सञ्जय राई तुलसा राई,सन्तोष राई,बशन्त राई किरण राई,शर्मिला बिक रहेका छन् ।
सचिब संयोक राई
सम्मेलनमा नेकपा माओवादी केन्द्र नेचासल्यान गाउँ पार्टी इन्चार्ज केशर राईको प्रमुख आतिथ्यता, प्रदेश सदस्य अनिल राई, गाउँ पार्टी अध्यक्ष सिताराम भट्टराई , जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल, सचिव वियस राई , माओवादी केन्द्रका नेता सबिना राई, बम बाँस्तोला लगायतको उपस्थिति रहेको थियो।

