नेपाली कांग्रेसका जेष्ठ राजनीतिज्ञ सभा सदस्य बस्नेतको निधन
केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेसका जेष्ठ राजनीतिज्ञ सभा सदस्य,एवं शताब्दी पुरुष गणेश बहादुर बस्नेतको निधन भएको छ।नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व उपसभापति समेत रहनुभएका बस्नेतको हिजो मंगलबार काठमाडौ स्थित निजी निवास कुमारीगालमा १०२ वर्षको उमेरमा निधन भएको हो।

स्वर्गीय बस्नेतको हिजो मंगलबार साझ नै पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको ने:का नेता कैलास खतिवडाले जानकारी दिनुभयो ।यसैबीच स्वर्गीय बस्नेतको पार्थिव शरीरमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसी,केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पा,नेका सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतका नेताहरूले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धासुमन अर्पण गर्नुभएको थियो।
बस्नेत पूर्व स्थानिय विकास अधिकारी तथा साविक कांगेल गाविसका पुर्व अध्यक्ष समेत भैं सक्नु भएको थियो।बस्नेतको निधनप्रति महामन्त्री तथा बस्नेतका नाति थापाले हजुरबुबाले गर्नुभएको योगदान अविस्मरणीय रहेको बताउँनुभयो।उहाँले देखाएको मार्ग अनि दिएको अर्तीलाई सधैं आत्मसात गर्ने धारणा राख्नुभयो।थापाले `हजुरबुबा´हजुरको स्वर्गमा बाँस होस भन्दै बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
यस्तै नेता केसीले बस्नेतको निधनले मलाई दुखित बनाएको छ।स्वर्गीय बस्नेतको जिल्लामा छुट्टै पहिचान र प्रभाव भएकाले त्यस्तो जोकोहीको हुन सक्दैन केसीले भन्नुभयो।बस्नेत साहसी,निडर व्यक्ति भएकोले धेरै कुराहरुको अनुसरण गर्न सकिने केसीले बताउँनुभयो।पुर्वमन्त्री केसीले बैकुण्ठमा बाँस होस भनि श्रद्धा सुमन अर्पण गर्नुभयो ।
यस्तै सोलुखुम्बुका संघीय सांसद तथा रक्षामन्त्री मानवीर राई पनि श्रद्धा सुमन अर्पण गर्न साझ आर्यघाट पुग्नुभएको थियो ।स्वर्गीय बस्नेतको वि.सं १९८० साल कार्तिक ४ गते काँगेलको बाहुण्डीमा जन्म भएको थियो ।

